You are viewing the translated version of (नियम ३ सँग सम्बन्धित).
(नियम ३ सँग सम्बन्धित)
श्री महानिर्देशक,
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
उद्योग वाणिज्य विभाग,
महोदय,
तल लेखिए बमोजिम उद्योग व्यापार व्यवसाय गर्न निम्न लिखित नामको प्राइभेट फर्म मेरो/ हाम्रो नाममा रजिष्ट्रेशनन गराउन इच्छुक भएकोले यो निवेदनपत्र पेश गरेका छु/छौं । लेखिएको व्यहोरामा कुनै कुरा झुठ्ठा ठहरे प्रचलित नेपाल कानून बमोजिम सहुँला बुझाउँला ।
१. फर्मको पूरा नामः–
२. फर्मको पूरा ठेगानाः–
३. उद्देश्यः–
४. पूँजीः–
५. कारोवार गर्ने चीज तथा कामको विवरणः–
६. प्राइभेट फर्मका धनी वा साझेदारहरुको तीन पुस्ते नाम, थर, वतन र हिस्साको अंक यो फर्मको काम नोक्सानी भएमा घर घरानाबाट व्यहोर्ने राजी हुने (हुनेहरु):–
दरखास्तवाला (दरखास्तवालाहरु) को लेखात्मक र रेखात्मक दुवै औंठाको सहिछाप
दा. वा.
साक्षी
यस दरखास्तमा लेखिएको व्यहोरा ठीक साँचो हो, झुट्टा ठहरेमा प्रचलित कानून बमोजिम सहुँला, बुझाउँला ।
इति सम्वत २० साल गते रोज शुभम्
द्रृष्टव्य: पुँजी कायम वा पुँजी वृद्धि गर्दा निवेदनका साथ देहायका विवरण तथा कागजात संलग्न गर्नु पर्नेछः(१) दश लाख वा सोभन्दा कम पुँजी भएको प्राइभेट फर्मको हकमा व्यवसायीको स्वघोषणा।
(२)कुने बैङ्क वा वित्तीय संस्थाको खातामा प्रोप्राइटर वा प्राइभेट फर्मको नाममा रहेको बचत रकमको यथार्थ विवरण ।
(३) लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित सञ्चित नाफा (रिजर्भ एण्ड एक्युमुलेटेड प्रफिट) को असी प्रतिशतले हुन आउने रकम।
(४) सम्पत्ति बेचबिखन गरी आएको रकम भए सो व्यहोरा खुल्ने कागजात ।